माओवादीले टुंग्यायो चार मन्त्रीको नाम

नेपालभ्युज

माओवादीले टुंग्यायो चार मन्त्रीको नाम
फाइल तस्वीर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।

बुधबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् निर्णय गरेको हो। यसैगरी बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय केन्द्रले गरेको छ।

गठबन्धनबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका थिए।

माओवादी केन्द्रलाई ५ मन्त्री र १ राज्यमन्त्री परेकोमा यसअघि अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्। सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपन्क्षी मन्त्रालय दिने सहमति भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved