कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न

नेपालभ्युज

कोशी कोरिडोर विद्युत प्रसारण लाइन निर्माण सम्पन्न

धनकुटा। २२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ। बुधबार धनकुटामा एक कार्यक्रम आयोजना गरेर उक्त प्रसारणलाइन नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।

भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मियिन अमेरिकी डलर ऋण सहयोगमा १०६ किलोमिटर लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण भएको हो। जसमा नेपाली १० अर्ब ४ करोड रुपैयाँ खर्च भएकोछ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेपाली ४ अर्ब ५ करोड (३७.३ मिलियन अमेरिकी डलर) लागतमा यो परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।

बाँकी दुईओटा प्याकेजको निर्माण सम्पन्न भएपछि सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करीब २ हजार मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने जनाइएको छ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले नेपालस्थित भारतीय दूतावासका उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण समारोहमा धनकुटा र हिले प्रशासनका प्रतिनिधि, कलपत्रु पावर ट्रन्समिसन लिमिटेडका अधिकारीका साथै स्थानीय समुदायका प्रतिनिधिहरुको उपस्थिति थियो।

कोशी कोरिडोरको साथै भारतले १३२ केभि क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved