शेयर बजार हरियै, बढेन कारोबार

नेपालभ्युज

काठमाडौँ। साताको चौथो कारोबार दिन शेयर बजार हरियै भएको छ। आज १३ ओटै समूहको शेयर मूल्य बढेर समग्रमा नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले उकालो लागेको छ।

प्रिओपनिङमा २ हजार ६१४ दशमलव ७४ विन्दुबाट शुरु भएको कारोबार आज २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेर बजार बन्द भएको छ।

आज १२ कम्पनीको शेयर सर्वाधिक १० प्रतिशतले बढेको छ। आज सपोर्ट माइक्रोफाइनान्स बेष्ट फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, ग्रामीण विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रीन डेभलपमेण्ट बैंक, सामुदायिक लघुवित्त, सबैको लघुवित्त, कम्पनीको शेयरमूल्य १०/१० प्रतिशतले बढेको हो।

आज सबैभन्दा बढी फाइनान्सको ६ दशमलव ५९ प्रतिशत र त्यसपछि माइक्रोफाइनान्सको ५ दशमलव ८ प्रतिशतले परिसूचक बढेको छ। सर्वाधिक रिडी हाइड्रोपावरको शेयर दुई दशमलव १६ प्रतिशतले मात्रै घटेको छ।

शेयर बजार हरियै देखिएपनि आज पनि कारोबार भने बढ्न सकेन। विगत एक महीनादेखि बजारमा देखिएको उतारचढावका कारण नेप्से परिसूचकसँगै कारोबार पनि घट्दै गएको देखिन्छ। आज २२७ कम्पनीको ४ अर्ब ५० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved