नोबेल पुरस्कार-२०२१

दुई रसायनशास्त्रीलाई नोबेल पुरस्कार

नेपालभ्युज

दुई रसायनशास्त्रीलाई नोबेल पुरस्कार

काठमाडौं। यसवर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकहरुलाई प्रदान गरिएको छ। जर्मन वैज्ञानिक बेन्जामिन लिस्ट र जन्मले स्कटिश डेभिड म्याकमिलनलाई संयुक्त रुपमा नोबेल पुरस्कार दिइएको हो।

नयाँ औषधी बनाउन सघाउने र वातावरणमैत्री यौगिकहरु बनाउन सघाउने उत्प्रेरक पत्ता लगाएकाले उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको हो।

रासायनिक प्रतिक्रियाको दर घटबढ गराउने पदार्थलाई उत्प्रेरक भनिन्छ। लामो समयसम्म रसायनशास्त्रीहरुले धातु वा इन्जाइमहरुमात्र उत्प्रेरक भएको विश्वास गरिरहेका थिए। तर सन् २०००मा उनीहरुले बेग्लाबेग्लै अनुसन्धानबाट तेस्रो प्रकारको उत्प्रेरक पत्ता लगाए। त्यस्ता उत्प्रेरकलाई ‘एसिमेट्रिक अग्र्यानोक्याटालाइसिस’ नाम दिइएको छ।
‘यी उत्प्रेरकहरु रासायनिक प्रतिक्रियाको दर बढाउन प्रयोग गर्न सकिन्छ’, रोयल स्विडिस एकेडेमी अफ् साइन्सेसले विज्ञप्तिमा भनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved