दशैँ बिदाका सैनिकलाई आफ्नै विमानमार्फत घर पुर्‍याउँदै सेना

नेपालभ्युज

दशैँ बिदाका सैनिकलाई आफ्नै विमानमार्फत घर पुर्‍याउँदै सेना

काठमाडौँ। नेपाली सेनाले दशैँ बिदामा बस्ने आफ्ना सैनिकलाई घर पुर्‍याउन थालेको छ। सेनाले नेपाली सेनाबाट सञ्चालित हुने हवाई उडान योजनाअन्तरगत बिदामा घर जाने सैनिकहरूलाई पुर्‍याउन थालेको हो।

सहुलियत उडान गत आइतबारदेखि शुरु भएको छ। १७ गते काठमाडौँबाट विराटनगर उडेको उडेको सेनाका स्काइ ट्रक कार्गो विमानबाट सेनाले उडान शुरु गरेकोमा उक्त विमान आइतबार नै विराटनगरबाट तुम्लिंगटार हुँदै काठमाडौँ नै फर्किएको थियो। उक्त दिन सेनाले १७ सैनिकलाई घर पुर्‍याएको थियो।

सोमबार काठमाडौँबाट भैरहवा हुँदै सुर्खेतमा १६ सैनिक छाडेको उक्त विमानले मंगलबार डोल्पा र सुर्खेतमा ८ सैनिक छाड्यो। बुधबार हुम्ला र सुर्खेतका १६ सैनिक बोकेर उडेको स्काइ ट्रकले आजै भैरहवा हुँदै काठमाडौँसमम्म १७ सैनिकलाई घर पुर्‍याएको जनाएको छ।

सेनाको स्काइ ट्रकले नै शुक्रबार काठमाडौँ-पोखरा-जोमसोम-पोखरा-काठमाडौँको उडान गर्न लागेकोमा सोही दिन एमआई १७ विमानले पनि उडान गर्ने सेनाले जानकारी दिएको छ।

यसैगरी सेनाले १८ गतेदेखि सडक मुभ सञ्चालन पनि गरिरहेको छ।

No description available.

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved