काठमाडौँमा कसैले पनि भोको बस्नु पर्दैन— प्रमुख शाक्य

मानव सेवा आश्रमले सञ्चालन गर्नेगरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने जग्गामा कामपाले सहाराविहीनहरूका लागि आश्रम निर्माण गर्दैछ।

नेपालभ्युज

काठमाडौँमा कसैले पनि भोको बस्नु पर्दैन— प्रमुख शाक्य

काठमाडौँ। सडकमा बेसहारा जीवन बिताइरहेका व्यक्तिको व्यवस्थापनका लागि आश्रम निर्माण हुने भएको छ। आश्रम निर्माणका लागि काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका र आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार मानव सेवा आश्रमले सञ्चालन गर्नेगरी नागार्जुन नगरपालिकाले उपलब्ध गराउने जग्गामा कामपाले सहाराविहीनहरूका लागि आश्रम निर्माण गर्दैछ।

सम्झौतापछि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहरका कुनै पनि ठाउँमा खुल्ला आकाशमुनि कसैले पनि कष्टकर जीवन विताउनु नपरोस् भनेर आश्रम बनाउन लागिएको बताए। ‘‘काठमाडौँ मानवीयताको सहर हो यहाँ कसैले पनि भोकै बस्नु पर्दैन । वेसहारा हुनु पर्दैन । जसको कोही हुँदैन । उसका लागि सरकार छ,’’ उनले भने, ‘‘कोही नहुने वेसहारालाई उद्धार, उपचार, पालन पोषण र आवश्यक भए शिक्षादीक्षाजस्ता आधारभूत मानवीय आवश्यकताको परिपूर्ति यसै आश्रमबाट हुनेछ ।’’

गत १२ असारमा नागार्जुन नगरपालिकाको नगरसभाले आश्रम बनाउने निर्णय गरेको थियो। नगरपालिकाको उक्त निर्णयपछि गत १२ असोजमा कामपाको कार्यपालिका बैठकले आश्रमका लागि भवन बनाउने निर्णय गरेको थियो।

कामपाकाअनुसार नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब

१८ रोपनी जग्गामा ‘शहीद धर्मभक्त माथेमा महानगर मानव सेवा’ नामको आश्रम निर्माण गर्न लागिएको हो। जहाँ काठमाडौँको खुला आकाशमा कष्टकर जीवन बिताइरहेकालाई उद्वार गरी राखिने कामपाले जनाएको छ।

यसै बर्ष निर्माण कार्यको थालनी गरी दुई वर्षभित्र निर्माण सम्पन्न गरिने कामपाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved