सिभिल बैंकका अध्यक्ष तामाङलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति

नेपाल भ्युज

सिभिल बैंकका अध्यक्ष तामाङलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ। सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङलाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न जिल्ला अदाल काठमाडौँले अनुमति दिएको छ। ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपमा तामाङलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पक्राउ गरेको थियो।

तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको आरोप लागेको छ। अहिलेसम्म तामाङले ४४ करोडभन्दा बढी रकम हिनामिना तथा ठगी गरेको भन्दै सीआईबीमा उजुरी परेको छ।

बुधबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएकोमा अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको सीआईबीका सूचना अधिकारी श्याम कुमार महतोले बताए। हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved