आईसीसी प्लेयर अफ द मन्थको छनोटमा सन्दीप

नेपालभ्युज

आईसीसी प्लेयर अफ द मन्थको छनोटमा सन्दीप

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सेप्टेम्बर महिनाको शीर्ष तीन पुरुष खेलाडीभित्र परेका छन्।

आईसीसीले हरेक महिना प्लेयर अफ द मन्थको रूपमा एक खेलाडीलाई उपाधि दिने गर्छ। सेप्टेम्बर महिनाभरि गरिएको प्रदर्शनका आधारमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुन अहमद र अमेरिकी ब्याटस्म्यान जस्करण मल्होत्रा शीर्ष तीनमा छनोट भएका छन्।

अब आईसीसीको आधिकारिक वेबसाइटमा समर्थकले गरेको भोटका आधारमा प्लेयर अफ द मन्थ छानिनेछ। सेप्टेम्बरमा नेपालले ओमानमा भएको आईसीसी लिग डिभिजन २ मा सन्दीपले उतेकृष्ट प्रदर्शन गरेका थिए। उक्त सिरिजमा ६ एकदिवसीय खेल खेलेका सन्दीपले १८ विकेट लिएका थिए। जसमा पीएनजीविरुद्ध खेलमा ११ रन खर्चेर लिएको ६ विकेट नेपाली क्रिकेटको कीर्तिमान थियो। यसै प्रदर्शनपछि सन्दीप पहिलो पटक एकदिवसीय वरीयतामा बलरतर्फ ७९ स्थानमा परेका थिए।

यसै सिरिजमा अमेरिकाका जस्करणले पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी चौथो खेलाडी हुन्।

नासुनले भने न्यूजिल्याण्ड विरुद्ध टी-ट्वान्टी सिरिजमा आठ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved