एमनेष्टीको आरोप : तालिबान नरसंहारमा उत्रियो

शिया हजारा समुदायका १३ मानिसको हत्या

तालिबानी शासकले अफगानिस्तानको शिया हजारा समुदायका १३ मानिसको हत्या गरेको आरोप लगाइएको छ। हत्या हुनेमा १७ वर्षकी एक बालिका पनि छन्।

नेपालभ्युज

एमनेष्टीको आरोप : तालिबान नरसंहारमा उत्रियो

अफगानिस्तानमा हिंसात्मक कार्य बढ्दै गएको छ। मंगलबार एमनेस्टी इन्टरनेशनलले प्रकाशित गरेको अफगानिस्तानसम्बन्धी रिपोर्टमा अघिल्लो शासनकालमा जस्तै तालिबानी समूहले शिया हजारा मुश्लिमलाई आफ्नो निशाना बनाएको उल्लेख गरेको छ।

तालिबानी शासकले अफगानिस्तानको शिया हजारा समुदायका १३ मानिसको हत्या गरेको आरोप लगाइएको छ। हत्या हुनेमा १७ वर्षकी एक बालिका पनि छन्।

केन्द्रीय प्रान्तअन्तर्गत दायकुंडी क्षेत्रमा भएको यो घटनाका अधिकाशं मृतक आत्मसमर्णण गरेका सैनिक थिए। अफगानिस्तानको पछिल्लो अवस्थाका विषयमा एमनेस्टी इन्टरनेशनलले सार्वजनिक गरेको रिपोर्टमा यो कुरा उल्लेख छ।

एमनेस्टी इन्टरनेशनलका अनुसार यो हत्या ३० अगष्टमा देश दायकुंडी क्षेत्रको कहोर गाउँमा भएको थियो। हत्या गरिएका व्यक्तिहरुमा अफगानिस्तानी राष्ट्रिय सुरक्षा बलका ११ जवान रहेको बताइएको छ।

विद्रोही सैनिकलाई नियन्त्रणमा लिएर तालिबानीले नदी किनारमा लगी हत्या गरेको रिपोर्टमा उल्लेख छ। यस्तै ज्यान बचाएर भाग्ने कोशिस गरेका सैनिकको पनि हत्या गरिएको बताएको छ।

यसरी हत्या भएका सबै सैनिक शिया समुदायका रहेका थिए। प्रतिवेदन सार्वजनिक गरेसँगै एमनेस्टीका महासचिव एग्रेस केलामार्डले यी हत्या तालिबानी शासक क्रुरत्मक हत्यामा सहभागी भएको प्रमाण भएको बताए।

उनले अघिल्लो शासनकालमा जस्तै यो पटक पनि तालिबानी शासक कुख्यात अपराधमा संलग्न रहेको आरोप लगाएका छन्। यसअघि सन् १९९६–२००१ सम्म तालिबानले अफगानिस्तानमा शासन गरेको थियो।

यसरी गरिएको थियो हत्या

रिपोर्टमा जनाइए अनुसरा तालिबानले कब्जामा लिएसँगै ३४ पूर्वसैनिकले आफ्नो सुरक्षाको माग गरेका थिए। हतियारधारी यी सैनिकहरु आत्मसमपर्ण गर्ने तयारीमा थिए। ३० अगष्टमा करिब तीन सय तालिबानी लडाकू दाहानी गाउँमा पुगेका थिए। उनीहरुले परिवारसँग बसेका अफगानी सरकारका पूर्वसैनिकलाई त्यहीँ नै गोली प्रहार गरिएको थियो। जवाफी फायरिङका क्रममा एक तालिबानी सैनिक पनि निधन भएको थियो।

अघिल्लो शासनका यातना

तालिबानले आफ्नो यसअघिको शासनका क्रममा शिया हजार मुश्लिम समुदायका मानिसलाई कैयौँ तरिकाबाट यातना दिन्थे। एमनेस्टीले मंगलबार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा ३० अगष्टमा देशको राजधानी कब्जा गर्नुअघि तालिबानी लडाकुले जुलाई महीनामा गजनी प्रान्तका ९ मानिसको हत्या गरेको बतएको छ।

तालिबानको निशानामा सधैँ हजारा मुश्लिम

हजारा समुदाय तालिबानका साथै आईएसआईएसको निशानामा रहेका छन्। एमनेस्टीका अनुसार १९९० को दशकमा पाँच वर्ष देशको शासन गर्दा तालिबानीहरुले सयौँ हजारा मुश्लिमको नरसंहार गरेको बताएको छ। शिया हजारा समुदाय अफगानिस्तानको एक प्रमुख समुदाय हुन्, यद्यपी, यो समुदायसमाथि तालिबानले निरन्तर आक्रमण गर्दै आएको छ।

अर्कोतर्फ अफगानिस्तानमा मानवीय संकटसँगै आर्थिक संकट पनि बढ्दै गएको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानमा उत्पादन हुने खाद्यान्न बाहिरी देशमा आपूर्तीमा रोक लगाइदा त्यहाँ आर्थिक संकट आउन सक्ने बताइएको छ।

१५ अगष्टमा विद्रोही समुह तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेसँगै आपूर्तीमा अवरोध भएको आरोप लगाइएको छ। यसले गर्दा त्यहाँ उत्पादन भएको फलफूल घाम सकेर कुहिँदै गर्दा पनि बाह्य देश निर्यात गर्न नदिएको बताइन्छ।

अफगानिस्तानले लागूऔषध र गाँजाको अवैध व्यापार गरे पनि फलफूलजन्य उत्पादनलाई वैध हिसाबमा निर्यात गर्छ। पाकिस्तान र भारतमा खाइने ‘ड्राई फ्रुडस्’ को ८० प्रतिशत अफगानिस्तानबाट आपूर्ति हुने बताइन्छ। देशले निर्यात गर्ने प्रमुख वस्तुको आपूर्तिमै समस्या खडा गरिएसँगै त्यहाको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने विश्लेषण गरिएको हो।

अफगानिस्तानले फलफूल व्यापार गर्ने प्रमुख क्षेत्रमा प्राचीन सिल रोड रुटमा रहेका मध्य एशियासँगै दक्षिण एसियाली क्षेत्र हो। यसले के देखाउँछ भने अफगानिस्तानको सत्ता तालिबानको हातमा पुगेसँगै त्यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ। मध्य एशियाका अधिकांश देश र दक्षिण एशियाको भारतले सत्ताकब्जा गरेको तालिबानी सरकारलाई मान्यता दिएको छैन।

भूपरिवेष्ठित अफगानिस्तानको स्वदेशी अर्थतन्त्रको आधार भनेको नै सीमापार व्यापार हो, जुन प्रभावित रहेको बतान्छ भने पैसाको अभावमा  त्यहाँको बैंकिङ प्रणालीमा असर देखिन थालेको छ। आपूर्ति रोकिँदा वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved