ईपीएल क्रिकेट

शानदार जितसहित चितवन टाइगर्स पहिलो पटक फाइनलमा

६७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको चितवनले मात्रै ७ ओभर ५ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि अफगानी ओपनर मोहम्मद शेहजादले २६ बलमा ४८ रन तथा हसिम अन्सारीले १४ रन बनाए।

नेपालभ्युज

शानदार जितसहित चितवन टाइगर्स पहिलो पटक फाइनलमा

काठमाडौं। चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। चितवन काठमाडौंमा जारी चौंथो संस्करणको ईपीएलमा फाइनलमा पुग्ने पहिलो टोली बन्यो।

त्रिवि क्रिकेट मैदान बुधबार बिहान भएको पहिलो क्वालिफायरमा पोखरा राइनोज ९ विकेटले पराजित गर्दै चितवनले फाइनलमा स्थान बनाएको हो। पहिलो क्वालिफयर खेलमा पोखराले निकै खराब प्रदर्शन गर्यो।

टस हारेर पहिले ब्याटिङमा आएको पोखरा ईपीएल इतिहासकै सबैभन्दा कम स्कोरमा समेटियो। पाखराले १५ ओभरमा अलआउट हुँदै मात्र ६६ रन जोड्यो।

पोखराका लागि रिचार्ड लेबीले १९ बनाउँदा सुनिल धमलाले १८ रन बनाए। अन्य ८ जनाले दोहोरो अंकमा रन बनाएनन्।

प्लेअर अफ द म्याच बनेका चितवनका शहाब आलमले ४ ओभर मात्रै १० रन दिएर ४ विकेट हात पारे। यस्तै, सागर ढकालले ४ ओभरमा १४ रन दिएर ४ विकेट नै लिए।

६७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको चितवनले मात्रै ७ ओभर ५ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि अफगानी ओपनर मोहम्मद शेहजादले २६ बलमा ४८ रन तथा हसिम अन्सारीले १४ रन बनाए।

चितवनले पहिलोपटक फाइनलमा स्थान बनाउँदा पोखराले भने फेरि एकपटक क्वालिफायरमै प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। पोखराले अब फाइनल प्रवेशका लागि एलिमिनेटर विजेतासँग खेल्नेछ।

एलिमिनेटर खेलमा आज दिउँसो साढे एक बजे भैरहवा ग्लाडिएटर्स र काठमाडौं किंग्स ११ भिड्दैछन्। यसको विजेताले फाइनल प्रवेशका लागि पोखरासँग खेल्नेछ। फाइनल खेल शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved