सर्वोत्तमको शेयर प्रकरणमा मुछिएका ढुंगाना धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त

सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा फसेका कारण ढुंगाना गत १६ भदौदेखि निलम्बनमा परेका थिए।

नेपालभ्युज

सर्वोत्तमको शेयर प्रकरणमा मुछिएका ढुंगाना धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त

काठमाडौं। सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई बर्खास्त गरेको छ। आधाभन्दा बढी कार्यकाल बाँकी रहेका ढुंगानालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो।

सर्वोत्तम सिमेन्टको शेयर कारोबारमा फसेका कारण ढुंगाना गत १६ भदौदेखि निलम्बनमा परेका थिए। प्राथमिक शेयर निष्काशन नहुँदै आफ्नी छोरीको नामबाट कारोबार गरेको देखिएपछि उनी निलम्बनमा परेका थिए।

यस विषयमा छानबिनका लागि सरकारले न्यायिक समिति नै बनाएर छानबिन गरेको थियो। जसमा उनी दोषी देखिएको भन्दै समितिले बर्खास्तको लागि सिफारिस गरेको थियो।

त्यसपछि अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई सोही विषयमा स्पष्टीकरण सोधेको थियो। समितिले पदीय दायित्व बिर्सेर ढुंगानाले गल्ती गरेको प्रतिवेदन दिएपछि सरकारले स्पष्टीकरण सोधेर बर्खास्त गरेको हो।

शेयर निष्काशन नहुँदै ढुंगानाले आफ्नी छोरी रेबिकाको नाममा सवोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता शेयर खरिद गरेका थिए। सर्वोत्तमले बुक बिल्डिङ प्रक्रियाबाट सर्वसाधारणलाई महँगोमा शेयर बेच्न लागेका बेला उनले पहिल्यै खरिद गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved