ईपीएल क्रिकेट : क्वालिफायर र एलिमिनेटरका खेल हुँदै

चितवन र पोखरा दुवै आज जित निकाल्दै फाइनल पुग्न चाहन्छन्। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ।

नेपालभ्युज

ईपीएल क्रिकेट : क्वालिफायर र एलिमिनेटरका खेल हुँदै

काठमाडौं। एभरेष्ट प्रिमियर लिग, ईपीएल क्रिकेटमा आज दुई खेल हुँदैछ। प्लेअफ चरणमा पुगेको चौंथो संस्करणको ईपीएलमा आज पहिलो क्वालिफायर र एलिमिनेटर खेल हुन लागेको हो।

आजको पहिलो खेल क्वालिफायर खेल हुनेछ। जसमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन्। फाइनल प्रवेशका लागि हुने खेल बिहान साढे नौ बजे शुरु हुनेछ।

लिग चरणमा शीर्ष स्थानमा रहँदै सोमपाल कामीको कप्तानीमा रहेको चितवन क्वालिफायर पुगेको हो। फाइनल प्रवेशका लागि भने उसलाई दोस्रो स्थानमा रहेको विनोद भण्डारीको पोखराले चुनौती दिँदैछ।

चितवन र पोखरा दुवै आज जित निकाल्दै फाइनल पुग्न चाहन्छन्। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नुपर्नेछ।

पहिलो क्वालिफयरपछि आजै दिउँसो साढे एक बजे एलिमिनेटर राउण्डमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेताले पहिलो क्वालिफयरमा पराजित टिमसँग फाइनल प्रवेशका लािग भिड्नेछ।

अंकतालिको तेस्रो स्थानमा रहेको भैरहवा शरद भेषवाकरको कप्तानीमा तथा चौंथो स्थानमा रहेको काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा रहेका छन्। एलिमिनेटरमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ तथा उपविजेताले १५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved