धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि सरकारले छानबिन समिति गठन गरेको थियो।

नेपालभ्युज

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौँ। परिवारका सदस्यहरूलाई सेयर कारोबारमा संलग्न गराएर सेयर बजार कब्जा गर्न खोजेको आरोप लागेका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो। ढुंगानालाई पुष २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि नियुक्त गरेको थियो।

सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप लागेपछि सरकारले छानबिन समिति गठन गरेको थियो। समितिको सुझावका आधारमा बर्खास्त गरिएको एक मन्त्रीले जानकारी दिए।

उनले भने ‘‘ भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने अर्थमन्त्रीको प्रस्ताव स्वीकृत भएको छ, रिक्त पदमा नियुक्तीबारे केही निर्णय भएको छैन।’’

ढुंगानालाई हटाउनको लागि सरकारले अघिल्लो साता नै स्पष्टीकरण सोधेको थियो। अघिल्लो साता बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उनको स्पष्टीकरण चित्त नबुझेको भन्दै बर्खास्त गरिएको जनाइएको छ।

सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको आशंकामा भएपछि सरकारले अनुसन्धानका थालेको थियो। यसअघि उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको नेतृत्वमा छानबिन आयोग बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved