मन्त्री छान्न मापदण्ड बनाउँदै नेकपा (एस)

नेपालभ्युज

मन्त्री छान्न मापदण्ड बनाउँदै नेकपा (एस)

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)मा मन्त्रीका आकाक्षि धेरै भएपछि मापदण्ड बनाउने भएको छ। ढिलोमा शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) भने मापदण्ड बनाउन जुटेको छ।

शीर्ष नेता निकट भन्दा पनि ज्येष्ठता, योग्यता, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्री बनाउने नेताहरु बताउँछन्।

पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने ‘‘मन्त्रिपरिषद्मा सहभागी हुनेको मापदण्ड बनाइने छ। पार्टीमा योगदान दिएका, ज्येष्ठता, योग्यता,  भौगोलिक र समावेशीकरण र क्षमताका आधारमा मन्त्री बनाइने छ, यसकारण मापदण्ड बनाउँदै छौँ।’’

सरकार गठनमा आफ्नो दल एमाले फुटाएर निर्णय भूमिका खेलेको नेकपा (एस)ले अहिलेको मन्त्रिपरिषद्मा बढीमा पाँच वटा मन्त्रालय पाउने सम्भावना छ। तर पार्टीमा भएका सबैजसो सांसदहरू मन्त्रीका आकांक्षि छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved