पत्नीलाई बेचेको अभियोगमा पतिसहित दुई पक्राउ  

नेपालभ्युज

पत्नीलाई बेचेको अभियोगमा पतिसहित दुई पक्राउ  

काठमाडौं। पत्नीलाई भारतको वेश्यालय पुर्‍याएर बेचेको अभियोगमा पीडितका पतिसहित दुई जना पक्राउ परेका छन्। मंगलबार पीडित महिलाका पति ३४ वर्षीय सुमित (नाम परिवर्तित) र नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का पासाङ तामाङ पक्राउ परेका हुन् ।

पीडित महिलाका पति सुमितले प्रेम सम्बन्धबाट विवाह गरेका थिए। उनले ५ सन्तानको जन्म भइसकेपछि २०७१ मा १ लाख ६० हजार रुपैयाँ लिएर पासाङलाई जिम्मा लगाएका थिए ।

पासाङले ती पीडित महिलालाई काम लगाइदिन्छु भन्दै बालाजुको होटेलमा लगेर एक महिलालाई जिम्मा लगाए।त्यसपछि पासाङ फरार भएका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको भनाइ छ ।

महिलाले घरायसी काममा लगाई मासिक १० हजार रुपैयाँ दिन्छु भनी आफ्नो कोठामा तीन दिनसम्म राखेको अनुसन्धानबाट खुलेको छ। पछि भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएको र उनले सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पु¥याएको प्रहरीले जनाएको छ। पीडित महिलालाई नयाँदिल्लीस्थित नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा यही ३१ जेठमा उद्धार गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved