थप ९६८ जनामा कोरोना संक्रमण, १ हजार ११४ जना संक्रमणमुक्त

नेपालभ्युज

थप ९६८ जनामा कोरोना संक्रमण, १ हजार ११४ जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना निको भएका छन्। ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० जनमा एन्टिजेन परीक्षण गरिएको थियो। परिक्षणमा ९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९८ हजार ७६६ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ। ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेका छन्। जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन्।  १ हजार १३१ जना संस्थागत आइसोलेसनमा छन्। कोरोनाका बिरामीमध्ये ३३५ जना आइसियु र १२२ जना भेन्टिलेटरमा उपचाररत छन्। यस्तै २३७ जना क्वारेन्टीनमा रहेका छन्।

यस्तै १० वर्ष मुनिका १० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ देखि २० वर्ष उमेर समूहका ६१ सय जना कोरोना सङ्क्रमित थपिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved