नोबेल पुरस्कार-२०२१

तीन भौतिकशास्त्रीलाई नोबेल

जलवायु र अन्य जटिल भौतिकी बुझ्न सघाउने खोजका लागि तीनजना भौतिकशास्त्री पुरस्कृत भएका छन्।

नेपालभ्युज

तीन भौतिकशास्त्रीलाई नोबेल
नोबेल पुरस्कार विजेता सुकुरो मनाबे, क्लाउस हासेलम्यान र जर्जो प्यारिसी।

काठमाडौं। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ। जापानी मूलका अमेरिकी वैज्ञानिक सुकुरो मनाबे, जर्मन वैज्ञानिक क्लाउस हासेलम्यान र इटालीयन वैज्ञानिक जर्जो प्यारिसी पुरस्कृत भएका हुन्।

जलवायु परिवर्तनलगायतका जटिल भौतिक प्रणाली बुझ्न सघाउने कार्यका लागि उनीहरुलाई पुरस्कार प्रदान गरिएको नोबेल फाउन्डेसनले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

११ लाख ५० हजार अमेरिकी डलर बराबरको नोबेल पुरस्कारको आधा हिस्सा मनाबे र हासेलम्यानलाई जानेछ भने बाँकी हिस्सा प्यारिसीलाई जानेछ।

मनाबे हाल अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा, हासेलम्यान जर्मनीको ‘म्याक्स प्लान्क इन्स्टिच्युट फर मेटेरोलोजी’मा र प्यारिसी रोमको ‘स्यापेइनिजा विश्वविद्यालय’मा आबद्ध छन्।

पृथ्वीको जलवायुको मोडल तयार पारेका र विश्व तापमान वृद्धिको भरपर्दो प्रक्षेपण गरेकोमा मनाबे र हासेलम्यान पुरस्कृत भएका हुन्। त्यस्तै ‘अणुदेखि ग्रह–उपग्रह तहसम्म भौतिक प्रणालीमा हुने अनियमितता र उतारचढावको लुप्त नियम’ पत्ता लगाएकोमा प्यारिसी पुरस्कृत भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved