डिशहोम फाइवरनेटको ‘दिमाग हल्लिने अफर’  

८९९ रुपैयाँमा १ सय एमबिपिएस नेट

नेपालभ्युज

डिशहोम फाइवरनेटको ‘दिमाग हल्लिने अफर’  

काठमाडौं। विगत ११ वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय इन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ। इन्टरनेट वितरणको सुरुवाती चरणमानै गुणस्तरीय र उत्कृष्ट सेवामार्फत उल्लेख्य ग्राहकहरूको रोजाइमा डिशहोम फाईवरनेट पर्न सफल भएको छ।

अब ग्राहकहरूलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने भएको छ।  ग्राहकहरुले मासिक मात्र ८९९ रुपैयाँमा नै १ सय एमबिपिएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरको साथमा लिन सक्नुहुनेछ।

एक सय एमबिपिएस इन्टरनेट सबैभन्दा सस्तो मूल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्नसक्नुहुनेछ। २०७८ असोज ११ गते देखि “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन भईरहेकोछ। यो योजना अन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन्।

स्पेन जाने चार भाग्यशाली विजेताहरूको छनौट ‘लक्की ड्र’ मार्फत गरिने छ। ‘लक्की ड्र’ को प्रत्यक्ष प्रसारण रमाइलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरूमा हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved