एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

नेपालभ्युज

एनआरएनए अध्यक्षमा बद्री केसीको उम्मेदवारी घोषणा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष केसीले उम्मेदवारी घोषणा गरेका हुन्।

उनले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्डलाइ प्राथमिकतामा राखेका छन्। साथै गैरआवासीय नेपालीको हक अधिकारलाई मुख्य एजेन्डा बनाएको बताउ। पत्रकार सम्मेलनमा उनले भने ‘‘गैराआवासीय नेपाली संघलाई अगाडि बढाउन अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु।’’

रसियानिवासी व्यवसायीसमेत रहेका वर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने भएका हुन्। डा. केसी समूहबाट ६ जना उपाध्यक्षहरू (एक महिला र एक युवा अनिवार्य) उम्मेदवारहरूको टुङ्गो लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved