३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्त ‘गोरे’सहित ६ जनालाई जन्मकैद

सबै प्रहरीले सफाइ पाए

नेपालभ्युज

३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्त ‘गोरे’सहित ६ जनालाई जन्मकैद

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणका ६ जनालाई मोरङ जिल्ला अदालतले जन्मकैद सुनाएको छ।

उक्त प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले जन्मकैद सुनाएको हो।

कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्मकैद, एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैद तोकेको हो।

लम्सालको एकल इजलासले गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद तोकिएको छ।

साथै अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाशप्राप्त सबै प्रहरीलाई सफाइ पनि दिएको छ।

गृह मन्त्रालयका सह-सचिव ईश्वरराज पौडेल नेतृत्वमा ‘सुन तस्करी छानबिन समिति’ बनाइएको थियो। उक्त समितिले चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved