सीता भण्डारी मृत्यु प्रकरण : गृहमन्त्रीसँग सत्यतथ्य छानबिनको माग

यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः प्रष्ट पारेको छ।

सीता भण्डारी मृत्यु प्रकरण : गृहमन्त्रीसँग सत्यतथ्य छानबिनको माग

रुपन्देही। तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शंकास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ। नगरप्रमुख बासुदेव घिमिरे नेतृत्वको टोलीले सोमबार गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।

नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषी उपर हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेको छ।

घटनाको विषयमा यसअघि नैं आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको तिलोत्तमा नगरपालिकाले सत्य तथ्य छानबिन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटक पटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित र आन्दोलन तथा विरोध दिनानुदिन बढ्दै गइरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ।

यो घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायको लागि समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः प्रष्ट पारेको छ।

तिलोत्तमा-५ मणिग्राम घर तथा वडा नं. ८ चारनम्बर माइत भएकी २७ वर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शंकास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रर्दशन भइरहेका छन्। विरोध प्रर्दशन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ।

यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उपर कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved