खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

यसअघि पनि पत्रकार चन्द्रकिशोर नै खोपके नेपालका अध्यक्ष थिए।

नेपालभ्युज

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर

काठमाडौं। खोज पत्रकारिता केन्द्र नेपालको अध्यक्षमा पत्रकार चन्द्रकिशोर चयन भएका छन्।

मंगलबार ललितपुरमा भएको खोपके नेपालको १४ औँ साधारणसभाबाट नयाँ कार्यसमितिको चयन भएको हो।

खोपकेको अध्यक्षमा चन्द्रकिशोर, उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल, कोषाध्यक्षमा रामेश्वर बोहरासहित सदस्यहरुमा राजाराम गौतम, हरिबहादुर थापा र लक्ष्मी बस्नेत सर्वसमत निर्वाचित भएका छन्।

यसअघि पनि पत्रकार चन्द्रकिशोर नै खोपके नेपालका अध्यक्ष थिए।

नेपालमा खोज पत्रकारिताको क्षेत्रमा काम गर्दै आएको खोपके नेपालले खोजमुलुक रिर्पोटिंग, तालिम र अनुगमनको काम गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved