विधान महाधिवेशनको सन्देश ‘सुदृढ र भावनात्मक एकता’ : योगेश भट्टराई

भट्टराईले महाधिवेशनको समापनमा अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भई पार्टीलाई सक्रिय बनाउनका लागि गरेको घोषणा सकारात्मक भएको पनि बताए।

नेपाल भ्यूज

विधान महाधिवेशनको सन्देश ‘सुदृढ र भावनात्मक एकता’ : योगेश भट्टराई
योगेश भट्टराई, सचिव, नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन्।

ललितपुरको गोदावरीमा यही १५ देखि १७ असोजसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले अब सुदृढ एकता आवश्यक भएको बताए।

भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भई पार्टीलाई सक्रिय बनाउनका लागि गरेको घोषणा सकारात्मक भएको पनि बताए।

भट्टराईले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन प्रतिनिधिहरुलाई आग्रह गरे । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved