संखुवासभा सामूहिक हत्याकाण्ड

जिल्ला अदालतको आदेश : चार अभियुक्तलाई थुनामा राख्नू

प्रहरीसँगको बयानमा उनीहरुले योजना बनाएर सामूहिक हत्या गरेको स्वीकारेका थिए। जिल्ला अदालतले उनीहरु चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

नेपालभ्युज

जिल्ला अदालतको आदेश : चार अभियुक्तलाई थुनामा राख्नू
फाइल तस्वीर

काठमाडौं। संखुवासभामा एकै परिवारको ६ जनाको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिहरुलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत संखुवासभाले चारैजना अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

यसअघि, २७ भदौमा प्रहरीले एकै परिवारको ६ जनाको हत्या गर्ने अभियुक्त भन्दै मृतक तेजबहादुर कार्कीका भतिजा लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको थियो। पछि उनकै परिवारका खड्गबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीसँगको बयानमा उनीहरुले योजना बनाएर सामूहिक हत्या गरेको स्वीकारेका थिए। जिल्ला अदालतले उनीहरु चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो।

गत २० भदौ राति मादी १ खोलागाउँका ९० वर्षीय बौद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।

बौद्धमानकी पत्नी ८४ वर्षीया पार्वती कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी मनमाया कार्की, २८ वर्षीया बुहारी रन्जना कार्की, १० वर्षीय नाति विपिन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved