शाहरुखका छोराले पाएनन् जमानत

शनिबार राति मुम्बईबाट गोवा गइरहेको एउटा क्रुजमा लागुऔषध ब्यूरो (एनसीबी)ले छापा मार्दा आयर्नसहितका व्यक्तिहरु पक्राउ परेका थिए।

नेपालभ्युज

शाहरुखका छोराले पाएनन् जमानत

काठमाडौं। ड्रग्स पार्टीबाट पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खानलाई बिहीबारसम्मका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शनिबार राति मुम्बईबाट गोवा गइरहेको एउटा क्रुजमा लागुऔषध ब्यूरो (एनसीबी)ले छापा मार्दा आयर्नसहितका व्यक्तिहरु पक्राउ परेका थिए।

उक्त क्रुजमा ड्रग्स पार्टी भइरहेको थाहा पाएपछि एनसीबीले छापा मारेको थियो। सोही क्रममा शाहरुखका छोरा आर्यन क्रुजबाटै पक्राउ परेका थिए।

उक्त क्रुजमा ठूला व्यापारीका तथा फिल्मस्टारका छोराछोरी पार्टी गरिरहेका बताइएको छ। जसमध्ये आर्यन उत्तः पार्टीमा अतिथि बनेर पुगेको बताइएको छ।

यस प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन्। एनसीबीले उक्त प्रकरणमा अनुसन्धान गरिरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved