ओली सरकारले बढाएको प्रहरीको रासन भत्ता बल्ल कार्यान्वयन

नेपालभ्युज

ओली सरकारले बढाएको प्रहरीको रासन भत्ता बल्ल कार्यान्वयन
काठमाडौँ। साउन १ देखि लागु हुने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ। पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्धिको निर्णय गरिए पनि अर्थ मन्त्रालयले भने सोमबार फाइल सदर गरेको हो। केपी शर्मा ओली प्रधानमन्त्रीबाट हट्नुअघि बढाइको रासन सुविधा अर्थ मन्त्रालयले फाइल सदर नगर्दा रोकिएको थियो।
शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै भत्ता बढाएको हो। नयाँ सरकार गठनपछि प्रतिस्थापन विधेयक मार्फत ल्याइएको बजेटमा उल्लेखित रासन वृद्धिको व्यवस्था अनुसार अर्थमन्त्री शर्माले सोमबार फाइल सदर गरेका हुन्।
बढेको रासन अनुसार रकम भुक्तानीमा हरेक वर्ष सरकारलाई १ अर्ब १७ करोड रुपैयाँ व्ययभार थपिएको छ। नेपाल प्रहरीमा करिब ७० हजार कार्यरत छन्।  सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन्। उनीहरूका लागि नगदमै रासन भत्ता दिइने व्यवस्था छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved