महन्थ ठाकुरको दलले माग्यो प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा

नेपाल भ्युज

महन्थ ठाकुरको दलले माग्यो प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा

काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अनियमितता गरेको आरोप खेपिरहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ। लोसपाको प्रदेश २ संसदीय दलको बैठकले राउतको राजीनामा माग्ने निर्णय गरेको हो।

प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाको निष्कर्ष छ। २० असोजमा बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनालले बताए।

उनले भने ‘‘अख्तियारले समेत छापा मारेको अवस्थामा उहाँले स्वतः राजीनामा दिनुपर्छ। उहाँले नैतिकता नदेखाए हामी राजीनामाको माग गर्छौँ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved