थप १०३० जनामा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

नेपाल भ्युज

थप १०३० जनामा कोरोना सङ्क्रमण, १० जनाको मृत्यु

काठमाडौं। नेपालमा थप १ हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा सोमबार १ हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको हो। गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी १० हजार ८७४ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

५ हजार ८९३ जनाको पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ८९१ जनाको एजेन्ट परीक्षण गर्दा २१८ जनामा सङ्क्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १७४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved