सांसदहरुले राखे विवाहका लागि उमेरहद घटाउनुपर्ने धारणा

बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै विवाहको उमेर १८ वर्ष राख्नुपर्ने धारणा राखे। उनले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताए।

नेपालभ्युज

सांसदहरुले राखे विवाहका लागि उमेरहद घटाउनुपर्ने धारणा
फाइल तस्वीर

काठमाडौं। सांसदहरुले नेपालमा विवाह गर्न पाउने उमेरको प्रावधानका विचार गर्नुपर्ने बेला आएको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनीहरुले विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ वर्ष र विवाहका लागि २० वर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा विचार गर्नुपर्ने बेला आएको बताएका हुन्।

कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने उनीहरुको भनाइ छ।

बैठकमा सांसद मातृका यादवले मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष रहेको भन्दै विवाहको उमेर १८ वर्ष राख्नुपर्ने धारणा राखे। उनले लिभिङ टुगेदरलाई अस्थायी रुपमा दर्ता गर्नुपर्ने बताए।

त्यस्तै, सांसद मीन विश्वकर्माले लिभिङ टुगेदर समस्या बन्दै गएको र बलात्कार सम्बन्धी कानुनी प्रावधान स्पष्ट नहुँदा समस्या देखिएको बताए। उनले अब विवाहको उमेर १८ मा झार्नुपर्ने उल्लेख गरे। शारीरिक सम्पर्कका लागि १८ वर्ष र विवाहका लागि २० वर्ष उमेर तोकिनुले समाजमा विकृति उत्पन्न भएको हुन सक्ने उनको भनाइ छ।

त्यस्तै, सांसदहरुले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनमा परिमार्जन आवश्यक रहेको धारणा राखेका थिए। समितिले बलात्कार सम्बन्धी कसुर तथा सजाय सम्बन्धी विद्यामान कानुनी व्यवस्थाबारे छलफल गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved