नोबेल पुरस्कार-२०२१

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जनालाई

मानव शरीरले कसरी ताप र स्पर्श थाहा पाउँछ भन्ने रहस्य उद्घाटन गर्ने वैज्ञानिकद्वय पुरस्कृत भएका हुन्।

नेपालभ्युज

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार दुई जनालाई
नोबेल पुरस्कार विजेता आर्डम पाटापोटियान र डेभिड जुलियस।

काठमाडौं। संसारकै सबैभन्दा ठूलो मानिने नोबेल पुरस्कारको घोषणा आज (१८ असोज) बाट शुरु भएको छ। यस वर्ष ‘शरीरक्रिया विज्ञान तथा चिकित्साशास्त्र’ तर्फको नोबेल पुरस्कार डेभिड जुलियस र आर्डम पाटापोटियानलाई संयुक्त रुपमा प्रदान गरिएको छ।

दुवै वैज्ञानिकहरू अमेरिकामा अनुसन्धानरत हुन्। अमेरिकी मूलका जुलियस ‘युनिभर्सिटी अफ् क्यालिफोर्निया’मा आबद्ध छन्। लेबनानी मूलका पालापोटियान ‘हावर्ड ह्युज मेडिकल इन्स्टिच्युट’मा आबद्ध छन्।

मानव शरीरले कसरी ताप र स्पर्श थाहा पाउँछ भन्ने रहस्य उद्घाटन गरेकोमा उनीहरूलाई नोबेल पुरस्कार दिइएको नोबेल फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

क्याप्साइसिन नामको रसायनका कारण खुर्सानीले पोल्ने गर्छ। त्यही पदार्थ प्रयोग गरेर जुलियसले छालामा हुने पोलेको थाहा दिने स्नायुका विन्दुहरू पत्ता लगाएका थिए।

चापसँग संवेदनशील कोषहरू प्रयोग गरेर पाटापोटियानले कुनै पनि चीजले छुँदा छाला र अन्य भित्री अंगहरूमा उत्पन्न हुने प्रक्रियाको अध्ययन गरेका थिए।

‘यी आविष्कारहरूले स्नायु प्रणालीले तातो, चिसो र अन्य क्रिया प्रतिक्रिया कसरी थाहा पाउँछ भन्ने हाम्रो बुझाईलाई समृद्ध बनाएका छन्’, विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved