सरकारलाई एमालेको प्रश्न : मेलम्ची खानेपानी र गौरवका आयोजनाको अवस्था के छ ?

‘‘सुकुमबासीहरुलाई लालपूर्जा दिने, मेलम्ची खानेपानी, राष्ट्रिय गौरवका आयोजनाको अवस्था के छ ? यसको जवाफ दिने मन्त्री पनि छैन’’

नेपाल भ्युज

सरकारलाई एमालेको प्रश्न : मेलम्ची खानेपानी र गौरवका आयोजनाको अवस्था के छ ?
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गरेको छ। राष्ट्रियसभाको बैठकमा एमालेले गठबन्धनले सरकारको नेतृत्व गरेको तेस्रो महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सरकारको आलोचना गरेको हो।

बैठकमा बोल्दै एमाले सांसद पार्वती रावलले मन्त्रिपरिषद्मा भएको ढिलाइले विकास निर्माणका साथै जनताको जनजीविका लगायतका विषयहरुलाई ओझेलमा पारेको बताइन्।

‘‘सुकुमबासीहरुलाई लालपूर्जा दिने, मेलम्ची खानेपानी, राष्ट्रिय गौरवका आयोजनाको अवस्था के छ ? यसको जवाफ दिने मन्त्री पनि छैन’’, उनले भनिन्। रावलले संसदमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले प्रतिपक्षी दलसँग वार्ता गर्न नचाहेको आरोप पनि लगाइन्।

यसैबीच, एमालेले आजको राष्ट्रियसभाको बैठकमा पनि विरोध जनाएको छ। सांसद खिमलाल देवकोटाले एमालले गरेको संसद अवरोधप्रति आपत्ति जनाएका छन्। उनले प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रियसभामा अवरोध हुँदा सांसदहरुको अधिकार हनन् भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved