रुपन्देहीमा खुकुरी प्रहार : एक मजदूरको मृत्यु, अर्का घाइते

नेपालभ्युज

रुपन्देहीमा खुकुरी प्रहार : एक मजदूरको मृत्यु, अर्का घाइते
सांकेतिक तस्विर
रुपन्देही। रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।
खुकुरी प्रहारबाट शुद्धोधन  ३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने नवलपरासीका अवदेश चमारको मृत्यु भएको छ। आइतबार राति उनीमाथि सोही उद्योगमा कार्यरत भारतीय मजदुर रवि सिँहले खुकुरी प्रहार गरेका हुन्।
मादकपदार्थ सेवन गरेका मजदुरबीच भएको विवाद हुँदा खुकुरी प्रहारको अवस्थासम्म पुगेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
रविले अवदेशलाई खुकुरी हानेपछि उनका बाबु गोपीचन्दलाई समेत खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि अस्पताल लैजाने क्रममा अवदेशको बाटोमै मृत्यु भएकोमा उनका बाबुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
घटनबारे थप अनुसन्धान भइरहको थापाले बताए।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved