इटालीमा विमान दुर्घटना, आठको मृत्यु

“त्यसको केही सयममा मैले ठूलो आवाजसहित बिस्फोट भएको सुनेँ, मैले घरको ढोका खोल्दै गर्दा झ्याल हल्लिदै थियो। घर बाहिर निस्किदा धूँवाको ठूलो मुस्लोले आकाश छोपिएको थियो”, ती प्रत्यक्षदर्शीले भने।

नेपालभ्युज

इटालीमा विमान दुर्घटना, आठको मृत्यु

एजेन्सी। इटालीको उत्तरी शहर मिलानस्थित एक खाली भवनमा विमान ठोकिँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ।

सार्डिनिया टापुका लागि मिलानको लिनेत विमानस्थलबाट उडान भरेको केही समयपछि तल झर्दै विमान घरमा ठोकिएको थियो। उक्त दुर्घटनामा विमान चालक ६८ वर्षीय रोमानीयाका धनाढ्य डैन पेट्रेस्कुको मृत्यु भएको छ।

विमान चालक पेट्रेस्क, रोमानियाका रियल स्टेट क्षेत्रका व्यापारी हुन्, उनी देशकै धनी व्यक्तिको सूचिमा पर्छन्। उनीसँगै उनकी श्रीमती र ३० वर्षीय छोराको पनि मृत्यु भएको जनाइएको छ।

विमान ठोकिएको घर नजिकै पार्किङ गरी राखिएका गाडीहरू जलेका छन्। यद्यपी, घर तल रहेका कोही पनि घाइते नभएको बताइएको छ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन एक छानविन कमिटीको गठन भएको छ। प्रत्यक्षदर्शीका अनुसार सिङ्गल इन्जिन पिलाटस पिसी–१२ उक्त विमान तल झर्दै गर्दा आगो लागेको थियो। “त्यसको केही सयममा मैले ठूलो आवाजसहित बिस्फोट भएको सुनेँ, मैले घरको ढोका खोल्दै गर्दा झ्याल हल्लिदै थियो। घर बाहिर निस्किदा धूँवाको ठूलो मुस्लोले आकाश छोपिएको थियो”, ती प्रत्यक्षदर्शीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved