चुनावमा एकल बहुमत ल्याउने संकल्पसहित सकियो एमालेको विधान महाधिवेशन

दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा गर्ने घोषणा

तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा सबै गतिविधिहरू केन्द्रित गर्ने निर्णय गर्दै एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न भएको छ।

नेपालभ्युज

चुनावमा एकल बहुमत ल्याउने संकल्पसहित सकियो एमालेको विधान महाधिवेशन

काठमाडौँ। दशौं राष्ट्रिय महाधिवेशन  र तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा सबै गतिविधिहरू केन्द्रित गर्ने निर्णय गर्दै नेकपा (एमाले)को पहिलो विधान महाधिवेशन सम्पन्न भएको छ। ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले आगामी मङ्सिरमा तोकिएको महाधिवेशनको स्थान पनि तोकेको छ। दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने पनि घोषणा गरिएको छ। एमालेको महाधिवेशन मङ्सिर तेस्रो साता तोकिएको छ।  ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनले आगामी मङ्सिरमा तोकिएको महाधिवेशनको स्थान तोकेको हो।

महाधिवेशन समापनको समयमाअध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दाबाद’, भन्ने नारा लगाएका थिए। उनलाई सहभागी ६ हजार प्रतिनिधिले समेत साथ दिएका थिए। महाधिवेशनले तीन वटा प्रस्ताव पारित गरेको छ।

केन्द्रीय सचिवालय १५ सदस्यीय

लमाएको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ।  अब एमालेमा अध्यक्ष एक जना, वरिष्ठसहित पाँच जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना र सचिव सात जना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ।

तीन आयोगलाई शक्तिशाली

एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ। अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन्। यी आयोग केन्द्रमा मात्र रहनेछन्। यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने छन्। यस्तै लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ। विजय सुब्बाको अध्यक्षतामा केन्द्रीय निर्वाचन आयोग गठन गरेको गरिएको छ। आयोगमा १४ सदस्य छन्। ओलीले प्रस्ताव गरेको नाम सर्वसम्मत पारित भएको छ। एमालेको १०औँ महाधिवेशनका लागि निर्वाचन आयोग गठन भएको हो।

सदस्यको सिलिङ

एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ। कमिटीहरू  ठुला र भद्दा  गर्दा पार्टी संगठन लथालिङ्ग भएको भन्दै विधान महाधिवेशनले सबै कमिटी गठन गर्दा सदस्य सङ्ख्याको सिलिङ तोकेको हो।  सबै कमिटीको आधार संख्या ५० हुने छ। प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिने छ। उदाहरणका लागि कर्णाली प्रदेशमा आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ। जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन्। यो हिसाबले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछन्।

पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन्। अब त्योभन्दा बढी सङ्ख्यामा कमिटी गठन हुन नपाउने पौडेलले बताउनुभयो । एमालेको केन्द्रीय कमिटी २२५ सदस्यीय रहनेछ। सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखिएको छ।

लोगो पनि परिमार्जन

एमालेले पार्टीको लोगो पनि परिमार्जन गरेको छ। यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन भएको छ। अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रङ्गको हँसिया हथौडा रहने छ। यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो। अब यो लोगो नै पार्टीको आधिकारिक हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved