काबुलको मस्जिद अगाडी बम बिस्फोट

नेपालभ्युज

काबुलको मस्जिद अगाडी बम बिस्फोट
सांकेतिक फोटो।

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको एक मस्जिद अगाडी बम बिस्फोट हुँदा ‘केही नागरिकको निधन’ भएको तालिबानी अधिकारीले बताएका छन्।

आइतबार अपरान्ह भएको बिस्फोटमा सयौँ मानिसको निधन भएको बताइए पनि यकिन संख्या भने खुलेको छैन।

बम बिस्फोट काबुलको ईद गाह मस्जिदको प्रवेशद्वार नजिकै भएको तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले ट्वीट गर्दै बताएका छन्।

गत हप्ता निधन भएकी मुजाहिदकी आमाको सम्झनामा मश्जिदमा शोकसभा भइरहेको अवस्थामा उक्त बम बिस्फोट भएको थियो। शनिबार नै प्रवक्ता मुजाहिदले शोकसभामा सहभागी हुन आग्रह गर्दै समाजिक सञ्जालमार्फत नै निमन्त्रणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved