ललितपुरलाई हराउँदै चितवन ईपीएलको क्वालिफायर्समा

ललितपुरको यो हारसँगै भैरहवा र पोखरा भने स्वत: प्लेअफमा प्रवेश गरेका छन्।

नेपालभ्युज

ललितपुरलाई हराउँदै चितवन ईपीएलको क्वालिफायर्समा

काठमाडौँ। लगातार चौथौ जितपछि चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको क्वालिफायर्स चरणमा प्रवेश गरेको छ।

आइतबारको खेलमा चितवनले डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रोयट्सलाई पाँच विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाउँदै मात्र १०८ रनको योगफल तयार पार्‍यो।

ललितपुरका लागि भारतीय ब्याट्स्म्यान जयकिशन काेल्सावालाले सर्वाधिक ४३ रन जोडेका थिए। खराब प्रदर्शन गरेको ललितपुरका आठ ब्याट्स्म्यान दोहोरो रन संख्या नछुँदै आउट भए।

बलिङतर्फ कमल ऐरीले चार ‌ओभरमा मात्र ११ रन खर्चेर तीन विकेट लिएका थिए। जवाफमा १०९ रनको सहज लक्ष्य चितवनले अन्तिम १६ बल बाँकी छँदै ५ विकेटको नोक्सानीमा पूरा गर्‍यो। जसका लागि मोहम्मद सहेजादले ३५ र भीम सार्कीले २७ रन जोडेका थिए।

लिगमा लगातार चार खेल खेलेको चितवनले आठ अंक जोडेको छ। ललितपुरको यो हारसँगै भैरहवा र पोखरा भने स्वत: प्लेअफमा प्रवेश गरेका छन्।

पाँच खेलमा मात्रै तीन अंक रहेको ललितपुर लिगको चौथौ स्थानमा छ। अब प्लेअफ प्रवेशका लागि ललितपुरले काठमाडौँको खेल पर्खिनुपर्नेछ। काठमाडौँले बाँकी दुवै खेल हार्‍यो भने मात्रै ललितपुर प्लेअफमा पुग्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved