कोभिडले अभिभावक गुमाएका २३५ बालबालिका साहाराविहीन

कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण र व्यवस्थापन गर्ने बताएपनि अहिलेसम्म सरकारले अभिभावकत्व लिएको छैन।

नेपालभ्युज

कोभिडले अभिभावक गुमाएका २३५ बालबालिका साहाराविहीन

काठमाडौं। कोभिड १९ का कारण अभिभावक गुमाएका बालबालिका संरक्षणविहीन भएका छन्।

कोभिडका कारण अभिभावक गुमाएका बालबालिकालाई राज्यले संरक्षण र व्यवस्थापन गर्ने बताएपनि अहिलेसम्म सरकारले अभिभावकत्व लिएको छैन। सरकार झन्झटिलो नीतिगत प्रक्रियामै अल्झिँदा अभिभावकविहीन बालबालिकाको हुर्काइ र रेखदेखका लागि राज्य साहारा बन्न नसकेको हो।

राष्ट्रिय बाल अधिकार परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालले कोभिडका कारण अभिभावकविहीन भएका बालबालिकाको अभिभाकत्व सरकारले लिने नीतिअनुरूप बालबालिकाको तथ्यांक खोज्न थालिएकको जानकारी दिइन्। उनकाअनुसार परिषद्ले सातै प्रदेशका स्थानिय तहमा अभिभावक गुमाएका बालबालिकाको विवरण मागी पत्राचार गरेको थियो। उनकाअनुसार विभिन्न स्थानीय तहबाट अहिलेसम्म कोभिडले अभिभावक गुमाएका २३५ बालबालिकाको तथ्यांक प्राप्त भएको छ। कतिपय स्थानिय तहबाट अझैँ तथ्यांक नआएको बताउँदै उनले प्राप्त तथ्यांकअनुसार बालबालिकाको संरक्षण लिने प्रक्रिया अघि बढाएको उनले बताइन्।

केही स्थानीय तहले आफ्नो स्थानिय तहमा अभिभावकविहीन बालबालिका नभएको बताएपनि केहीले अझैँ तथ्यांक नपठाउँदा व्यवस्थापन र संरक्षणका लागि सबै बालबालिकालाई एकैपटक समेट्न परिषद्ले सकेको छैन।

उनका अनुसार परिषद्ले संरक्षणको अभावमा रहेका बालबालिकाको व्यवस्थापनका लागि अनुमोदन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा विवरण पठाएको छ। तर उक्त योजना अहिलेसम्म मन्त्रालयबाट पास भने भइसकेको छैन।

मन्त्रालयबाट योजना पास भएपछि सम्बधित संघ संस्थासँग समन्वय गरेर व्यवस्थापन गरिने परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले जानकारी दिइन्। उनले भनिन्, ‘‘अहिले योजना अघि बढाइएकासहित थप विवरण आएमा उनीहरूलाई पनि व्यवस्थापन गर्नेछौँ,’’ उनले भनिन्।

बालबालिकाको अवस्था हेरेर आर्थिक सहायता गर्नुपर्नेलाई आर्थिक सहयोग गर्ने र संरक्षण नै लिनपर्नेलाई संरक्षण गर्ने दुई योजना परिषद्ले बनाएको छ। ‘‘अभिभावकत्व लिने प्रक्रिया अघि बढिसकेको छ, अहिले बालबालिकाको वास्तविक अवस्था प्रमाणिकरणको काम भइरहेको छ,’’ परिषद्की कार्यक्रम व्यवस्थापक भुसालले बताइन्।

परिवारभित्रै राख्दा मानसिक र शारीरिक यातना पाए संस्थागत स्याहार गर्ने बताउँदै उनले पहिलो प्राथमिकतामा संरक्षणका लागि सकेसम्म परिवारभित्रै राख्ने तयारी गरिएको उनको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved