इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

नेपालभ्युज

इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हट्यो प्राधिकरण

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण इन्टरनेटको तार काट्ने निर्णयबाट पछि हटेको छ। आफ्नो पोल प्रयोग गरेबापत सेवाप्रदायकले भाडा नतिरेको भन्दै शनिबार देशभरीका केही स्थानमा प्राधिकरणले इन्टरनेटको नेट काटेको थियो।

५/६ वर्षदेखि पोल प्रयोग गरेका धेरै कम्पनीले भाडा नतिरेपछि सांकेतिक रुपमा तार काटेको बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपभोक्तालाई पर्ने मर्कालाई ध्यानमा राखी थप तार नकाटिने बताए।

लामो समयदेखि सेवाप्रदायक कम्पनीले पोल तथा फाइबरको बक्यौता रकम भुक्तानी नगरेको भन्दै शनिबार प्राधिकरणले काठमाडौँ, भरतपुर, बुटबल, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, खाडीचौर, धनगढी लगायतका स्थानमा इन्टरनेटको तार काटेको थियो। तार काटेपछि शनिबारदेखि नै काठमाडौँसहित अधिकांश स्थानमा अवरुद्ध भएको छ।

प्राधिकरणले तार काटेपछि सेवाप्रदायकसहित कम्प्युटर एशाेसिएन नेपाल (क्यान) र नेपाल दूरसञ्चार प्राधिकरणले विज्ञप्ति निकालेर तार काट्नु गलत भएको भन्दै आपत्ति जनाएका थिए।

प्राधिकरणले २०७५ मा विद्युत् पोल भाडा करीब दुई सय प्रतिशतले बढाएको थियो। इन्टरनेट सेवाप्रदायकले त्यो समयदेखि नै भाडा अत्यधिक बृद्धि भएकाले पुनर्विचार गर्नुपर्ने मागसहित नयाँ दरअनुसार भाडा नतिर्ने बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved