अखिल क्रान्तिकारीको नेतृत्व चयन जिम्मा ‘प्रचण्ड’लाई

नेपाल भ्युज

अखिल क्रान्तिकारीको नेतृत्व चयन जिम्मा ‘प्रचण्ड’लाई
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ दिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वबारे छलफल गर्दै अन्तिम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

राष्ट्रिय सम्मेलन चलिरहेकाले नेतृत्वका विषयमा छलफल भएको भन्दै सबै पात्र समान हैसियत र समान क्षमताको रहेकाले छनोट गर्ने जिम्मा अध्यक्षलाई दिइएको बताए। त्यस्तै बैठकमा विशेष प्रदेश कमिटीका लागि ९१ जनाको नाम प्राप्त भएको र अध्ययनपछि अर्को बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए।

नेकपा अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन १४ असोजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो। अखिल क्रान्तिकारीको अध्यक्षमा उपाध्यक्षहरू सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारीले मुख्य रूपमा दाबी गरिरहेका छन्।

विभिन्न नेताहरूले आफ्ना गुटअनुसार प्यानल बनाएपछि यसको व्यवस्थापनको जिम्मा प्रचण्डको काँधमा आएको हो। फरक प्रसंगमा महराले मन्त्रिमण्डलका विषयमा भने आइतबार छलफल हुने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved