एमाले अनुशासन आयोगले भन्यो – ओली स्वेच्छाचारी भए

बोहराले प्रस्तुत गरेको प्रतिवेदमा अध्यक्षको ओलीको नाम भने लिइएको छैन। तर ओलीलाई लक्षित गरेर आलोचना गरिएको छ।

नेपालभ्युज

एमाले अनुशासन आयोगले भन्यो – ओली स्वेच्छाचारी भए

नेकपा (एमाले)को अनुशासन आयोगले पार्टी पार्टी अध्यक्ष केपी शर्मा ओलीमा स्वेच्छाचारी प्रवृत्ति देखिएको भन्दै सचेत गराएको छ। अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले विधान महाधिवेशनको दोस्रो दिन शनिबार प्रतिवेदन प्रस्तुत गर्दै पार्टी नेतृत्वमा स्वेच्छाचारी प्रवृत्ति हावि भएको औँल्याएका हुन्।

बोहराले प्रस्तुत गरेको प्रतिवेदमा अध्यक्षको ओलीको नाम भने लिइएको छैन। तर ओलीलाई लक्षित गरेर आलोचना गरिएको छ। ‘‘पार्टीको नेतृत्वमा देखिएको स्वेच्छाचारिताले पार्टीमा समस्या देखिएको छ। पार्टीमा अन्तर्विरोध हुनु स्वाभाविक हो। तर त्यसलाई समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिएन। उल्टै नेतृत्व स्वेच्छाचारिता भएर हिँडेको भएको भन्दै त्यस्तो प्रवृत्ति हटाउन सचेत गराइएको छ।’’

अनुशासन आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई उद्धृत गर्दै एक प्रतिनिधिले भने।गल्ती कहाँ भएको छ भन्दै गम्भीर समीक्षा गर्नुपर्ने आयोगको प्रतिवेदनमा भनिएको छ। शुक्रबारबाट सुरु एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरिएको छ। महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि समूहगत छलफल चलिरहेको छ। महाधिवेशन शनिबार सक्ने लक्ष्य छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved