ईपीएल : दोस्रो संस्करणको विजेता विराटनगर लिग चरणबाटै बाहिरियो

पूर्वकप्तान पारस खड्काबिनै यो पटक लिग खेलेको विराटनगरको यात्रा समूह चरणमै टुंगियो।

नेपालभ्युज

ईपीएल : दोस्रो संस्करणको विजेता विराटनगर लिग चरणबाटै बाहिरियो

काठमाडौं ।  दोस्रो संस्करणको विराटनगर वारियर्स ईपीएलको लिग चरणबाटै बाहिरिएको छ।

लिग चरणमा लगातार चार खेल हारेपछि यो पटक विराटनगरको यात्रा समूह चरणमै टुंगियो। शनिबारको खेलमा विराटनगरलाई पोखरा राइनोर्जले सात विकेटले पराजित गर्‍यो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले पूरा ओभरमा पाँच विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो।

उसका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४४, सिकन्दर राजाले २९, सन्दीप रजाइलीले २८ र कप्तान करन केसीले २४ रन जोडेका थिए। जवाफमा पोखराले १ सय ७३ रनको लक्ष्य अन्तिम १४ बल खेल्न बाँकी छँदै पूरा गर्‍यो।

पोखराको जितमा श्रीलंकन ब्याट्सम्यान असेला गुनरत्नेले २४ बलमा चार चौका र तीन छक्काको मद्दतले अविजित ५० रनको योगदान दिएका थिए। त्यसैगरी रिचार्ड लेभीले ४७ र साहन आराचिगेले ४३ रन बनाए।

ओपनर रित गौतम पाँच रनमै आउट भएपछि लेबी र आराचिगेले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए। चार खेलमा दुई जितपछि पाँच अंक रहेको पोखरा लिगको दोस्रो स्थानमा छ।

पूर्वकप्तान पारस खड्काबिनै यो पटक लिग खेलेको विराटनगरको यात्रा समूह चरणमै टुंगियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved