दशैंको मुखमा यातायात व्यवसायीले आफूखुशी बढाए भाडा

नेपालभ्युज

दशैंको मुखमा यातायात व्यवसायीले आफूखुशी बढाए भाडा
फाइल तस्वीर

काठमाडौं। दशैंकाे मुखमा यातायात व्यवसायीहरूले आफूखुशी भाडा बढाएका छन्। काठमाडौं उपत्यकामा आजदेखि व्यवसायीहरूले सार्वजनिक यातायातमा बढी भाडा लिन थालेका हुन्।

उपत्यकामा बस व्यवसायीले निर्धारित दरभन्दा बढी भाडा लिएपछि महानगरीय ट्राफ्रिक प्रहरी महाशाखाले बढी भाडा लिने ६५ चालकलाई कारबाही गरेको छ।

महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले महाशाखामा बढी भाडा लिएको गुनाशो आएपछि दिउँसो २ बजेसम्म उक्त संख्यामा सार्वजनिक सवारी चालकलाई कारबाही गरेको जानकारी दिए। ‘‘बढी भाडा लिएको गुनाशो आइरहेका छन्, हामीले आज मात्रै दिउँसो २ बजेसम्म ६५ ओटा सार्वजनिक यातायातलाई कारबाही गरेका छौं, ’’ उनले बताए।

व्यवसायीहरूले यसअघि १३ रुपैयाँ रहेको रुटमा २० रुपैयाँसम्म भाडा लिएको गुनाशो महाशाखामा आएको जानकारी उनले दिए।

लागत बढेको आधारमा सरकारले भाडा समायोजन नगरेपछि लागत मूल्यका आधारमा व्यवसायीहरूले भाडा समायोजन गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले बताए। सरकारले लामो दूरीको भाडा समायोजन गरेकोमा सोही आधारमा भाडा समायोजन गरेको जानकारी उनले दिए।

सरकारले गत असार २७ गतेदेखि फरक प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बृद्धि गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved