साताको शेयर बजार : २६ अर्ब ३५ करोडको कारोबार

‘‘केही ठूला लगानीकर्ताको एकाधीकार रहेको बजार अहिले ‘करेक्सन’तर्फ गएको हो’’

नेपालभ्युज

साताको शेयर बजार : २६ अर्ब ३५ करोडको कारोबार

काठमाडौं। उतारचढावकाबीच निरन्तर घट्दै गएको शेयर बजारमा कारोबार पनि लगातार घट्दै गएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता २६ अर्ब ३५ करोड रुपैयाँको ५ करोड ५२ लाख २१ हजार ८७० कित्ता शेयर कारोबार भएको छ। जुन अघिल्लो साताको भन्दा २ अर्ब ४१ करोड रुपैयाँले कम हो।भदौ अन्तिम साता बजार वायरस (निरन्तर घट्दो) को संकेत देखिएपछि लगानीकर्ताबीच थपिएको अन्योल त्यो साताभर देखियो।

अघिल्लो साता कराेबार ९ अर्ब ५६ करोडले घटी २८ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको थियो।

यो साता पहिलो कारोबार दिन आइतबार १३ मध्ये १२ समूहको परिसूचकमा रातो लाग्यो लाग्यो र ६१ दशमलव २७ प्रतिशतले नेप्से घटेर २ हजार ७५८ दशमलव ४८ विन्दुमा सीमित भयो। उक्त दिन म्याचुअल फण्डको परिसूचक शून्य दशमलव २१ प्रतिशतले बढेकोमा अन्य सबै परिसूचक घटेको थियो।

आइतबार ६ अर्ब ५० करोड रुपैयाँको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयरको कारोबार भएकोमा सबैभन्दा बढी ३३ करोड ९६ लाख रुपैयाँले अरुण भ्यालीको र त्यसपछि ३१ करोड ८९ लाख रुपैयाँको फरवार्ड माइक्रोफाइनान्सको कारोबार भएको छ।सोमबार पनि बजार दोहोरो अंकले घट्यो। ७३ दशमलव ०५ अंकले नेप्से परिसूचक घटेर दुई हजार ६ सय ८५ दशमलव ४२ विन्दुमा सीमित भएको उक्त दिन धितोपत्रको १ करोड ४ लाख ७८ हजार कित्ता शेयर ५ अर्ब १२ करोड बराबरमा खरिदबिक्री भएको थियो। उक्त दिन १३ ओटै समूहको परिसूचक ओरालो लाग्यो।

सोमबार कारोबार भएका कम्पनीमध्ये मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य करीब १० प्रतिशतले बढेको थियो।

बजार घट्ने क्रम मंगलबार पनि यथावत रह्यो। मंगलबार ७० दशलमव शून्य १ प्रतिशतले बजार घटीनेप्से परिसूचक २ हजार ६१५ दशमलव ४० विन्दुमा झर्‍यो। मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको १ करोड ३० लाख कित्ता शेयर खरीदविक्री भएको देखिन्छ। उक्त दिन पनि मनकामना र मैलुङ खोलाको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। त्यो दिन पनि कारोबारमा आएका १३ ओटै समूहको शेयर मूल्य ओरालो लाग्न पुग्यो। मंगलबार ५ अर्ब ७४ करोड रुपैयाँको १ करोड ३० लाख कित्ता शेयर कारोबार भएको थियो।

तीन दिन लगातार घटेको शेयर बजार बुधबार ५० दशमलव ५८ अंकले बढेर बजार दुई हजार ६६५.९३ बिन्दूमा बन्द भयो। उक्त दिन १३ ओटै समूहको परिसूचक हरियो देखिएकोमा आठ ओटा कम्पनीको शेयर मूल्यमा उच्च दरले बृद्धि भयो। यो दिन अपि पावर र ग्रीन ग्रीन डेभलपमेण्ट बैंकको शेयर १० प्रतिशतले बढेकोमा मनकामना स्मार्ट लघुबित्तको ९.९३, युनाइटेड ईदी मर्दी आरविवि हाइड्रोपावरको ९.६४ प्रतिशतले बढेको देखिन्छ।

यसैगरी कालिका पावर कम्पनीको ९.५०, हिमालयन ऊर्जा विकास कम्पनीको ९.४९ प्रतिशत, छ्याङ्दी हाइड्रो र कालिका माइक्रोक्रेडिट डेभलपमेण्ट बैंकको ९.२१ प्रतिशतले शेयरमूल्य बढेको छ।शेयर बजारमा हरियाली देखिएपनि कारोबार भने बुधबार पनि घटेको देखिन्छ। बुधबार ५ अर्ब २८ करोड रुपैयाँको ९८ लाख ९४ हजार ४७८ कित्ता शेयर कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन शेयर बजार पुन: ३२ दशमलव ५१ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक दुई हजार ६३३ दशमलव ४२ अंकमा झरेको हो।बिहीबार ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँको ७३ लाख २१ हजार ०१४ कित्ता शेयर करोबार भएको छ। उक्त दिन तीन ओटा मात्रै समूहको शेयरमा पोजेटिभ सर्किट देखिएकोमा बाँकी १० समूहको शेयर घटेको देखिन्छ।

यो साता बुधबार सामान्य करेक्सन देखिए पनि बजार निरन्तर ओरालो लागेको देखिन्छ। नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा अघिल्लो साता दुई हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बन्द बजार यो साता दुई हजार ६३३ दशमलव ४२ मा खुम्चिएको छ।नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले बजारमा असर गरेको केही ठूला व्यवसायीहरूले आरोप लगाइरहेका छन्।

बजार वायरसमा जाने त्रास केही लगानीकर्तामा देखिए पनि केही भने यसलाई बजार करेक्सन भएको बताउँदै आएका छन्। शेयर विश्लेषक गोपाल भट्टले राष्ट्र बैंकले लगानीकर्ताको संरक्षण गरेको र बजार करेक्सनतर्फ गएको बताए। ‘‘केही ठूला लगानीकर्ताको एकाधीकार रहेको बजार अहिले ‘करेक्सन’तर्फ गएको हो, ’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved