विधान महाधिवेशनमा ओलीले के भने ?

पारित नीतिको मार्ग निर्देशनले पार्टीमा उन्नत एकता गर्न सक्ने ओलीको दाबी छ। नवौँ महाधिवेशनको कटुता पार्टीभित्र महाधिवेशनपछि पनि रहिरहेकोमा उनले आपत्ति जनाएका छन्। नेपालको भूराजीतिक अवस्था नवौँ महाधिवेशनले मूल्यांकन गरेको जस्तै रहेको उनले बताए।

नेपालभ्युज

विधान महाधिवेशनमा ओलीले के भने ?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन पार्टी जीवनमा शुरु गरिएको नौलो इतिहास भएको बताएका छन्। यसअघि राष्ट्रिय महाधिवेशन मात्रै आयोजना गरिँदै आएकोमा यस पटक पार्टीको नीति र विधिका विषयमा छलफल गर्न विधान महाधिवेशन अयोजना गरिएको उनले बताए।

नेकपा माओवादीसँग पार्टी एकता नहुँदो हो त पार्टीको महाधिवेशन दुई वर्षअघि नै भइसक्ने ओलीले बताए। सकारात्मक विरासत बोकेको एमाले एकीकृत पार्टी भएको ओलीले बताए। नेपाली कम्युुनिस्टसँग नयाँ चुनौती र सम्भावना दुवै रहेको उनले बताए।

महाधिवेशन उद्घाटन गर्दै ओलीले अहिले कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने प्रयास भएको पनि बताए। एमालेबाट केही व्यक्ति बाहिरिएका र उनीहरुकै पद लोलुपताले पार्टी विभाजन भएको ओलीको दाबी छ।

राष्ट्रिय हितमाथि अक्रमण भएको बताउँदै यी चुनौतीसँग लड्दै कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अघि बढाउनुपर्ने दायित्व पार्टी सामु भएको अध्यक्ष ओलीले बताए। पार्टीको नीति अद्यावधिकका विषयमा पनि विधान महाधिवेशनमा प्रस्ताव गरिएको उनले बताए।

पारित नीतिको मार्ग निर्देशनले पार्टीमा उन्नत एकता गर्न सक्ने ओलीको दाबी छ। नवौँ महाधिवेशनको कटुता पार्टीभित्र महाधिवेशनपछि पनि रहिरहेकोमा उनले आपत्ति जनाएका छन्। नेपालको भूराजीतिक अवस्था नवौँ महाधिवेशनले मूल्यांकन गरेको जस्तै रहेको उनले बताए।

विश्व राजनीतिलाई सूचना प्रविधिमा आएको परिर्वतनले असर पुर्याएको उनले बताए। व्यक्तिको नीजि सूचनालाई वस्तु सरह बेच्ने प्रवृत्ति विश्व राजनीतिमा मौलाएको प्रति उनले चासो देखाएका छन्। यस्ता क्रियाकलापले जोखिम बढाएको उनको निकर्ष छ।

विज्ञान प्रविधिले मानव जीवनलाई सहज बनाउनुपर्नेमा विश्वमा प्रविधिक क्षेत्रमा देखिएको असमानताका कारण धनी र गरिब राष्ट्रबीच खाडल बढेको उनले बताएका छन्। अल्पविकसित र विकासशील देशमा हुनुपर्ने लगानी कटौती भएको छ। विकासशील राष्टको दीगो विकासमा प्रभाव परेको उनको भनाइ छ।

विश्वका ठूला देशबीच देखिएको समस्याले विश्वलाई नै असर पुर्याएको तथा जलवायु परिवर्तनको समस्यालाई कमजोर पार्ने कोशिस भएको ओलीको आरोप छ। विश्व व्यवस्थामा चीनको उदय, शक्ति राष्ट्रका रुपमा पुनरागमनले विश्व बहुध्रुवीय बन्दै गएको तथा चीनसँगको सम्बन्धमा युरोपले सार्वभौम दृष्टिकोण राख्न थालेको उनले बताए।

विश्वको ध्यान अब एसियातर्फ बढेको भन्दै ओलीले हालै भएको अमेरिका, अष्ट्रेलिया, बेलायतबीचको अकस सम्झौताले यो क्षेत्रमा समस्या निम्तिन सक्ने खतरा बढेको बताए। विश्वमै प्रजातन्त्रमाथि आक्रमण भएको भन्दै उनले म्यानमारमा निर्वाचित सरकारलाई सेनाले कु गरेको पनि स्मरण गरे।

कोभिड हाम्रो पुस्ताले भोगेको सबैभन्दा ठूलो स्वास्थ्य समस्या भएको ओलीले बताए। वैज्ञानिकले ८ महीनामा नै भ्याक्सिन निर्माण गरे पनि त्यसमा सीमित देशको पुहँचले विश्वमा समस्या निम्त्याएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved