प्रथम विधान महाधिवेशन

एमालेमा नयाँ प्रस्ताव : उपमहासचिव नरहने, घट्यो सचिवको संख्या

नयाँ प्रस्तावअनुसार एमालेमा अब ५ जना उपाध्यक्ष रहनेछन्। यस्तै यसअघि ७ जना रहने भनिएका सचिव अब ६ जना मात्रै रहने भएका छन्।

नेपालभ्युज

एमालेमा नयाँ प्रस्ताव : उपमहासचिव नरहने, घट्यो सचिवको संख्या
फाइल फोटो

काठमाडौं। नेकपा एमालेले आजदेखि शुरु भएको विपधान महाधिवेशनमा उपमहासचिव पद खारेज गर्ने प्रस्ताव राखेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुरु भएको महाधिवेशनमा यस्तो प्रस्ताव आएको हो।

महाधिवेशनमा छलफलका लागि वितरण गरिएको दस्तावेजमा उपमहासचिव पद नै नराख्ने प्रस्ताव गरिएको हो। उक्त दस्तावेजमा यसअघि रहेको उपाध्यक्ष र सचिवहरुको संख्यामा पनि संशोधनको प्रस्ताव गरिएको छ।

नयाँ प्रस्तावअनुसार एमालेमा अब ५ जना उपाध्यक्ष रहनेछन्। यस्तै यसअघि ७ जना रहने भनिएका सचिव अब ६ जना मात्रै रहने भएका छन्।

नयाँ प्रस्तावअनुसार अब एमालेमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिव पदाधिकारी रहनेछन्। यस्तै २१२ जना केन्द्रीय सदस्यसहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने प्रस्ताव गरिएको छ।

अहिले एमालेमा विष्णु पौडेल र घनश्याम भूसाल उपमहासचिव रहेका छन्। महाधिवेशनले उक्त प्रस्ताव पारित गरेमा अब एमालेमा उपमहासचिव रहने छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved