टोटेनहमको जितमा केनको ह्याट्रिक

इंग्लिस क्लब टोटेनहमको जितमा केनको ह्याट्रिकसँगै डेली अली र जियोभानी लो सेल्सोले एक एक गोल गरे। मुराका जिगा कोउसले एक गोल फर्काए।

नेपालभ्युज

टोटेनहमको जितमा केनको ह्याट्रिक

काठमाडौं। युरोपा कन्फरेन्स लिगमा टोटनहमले शानदार जित निकालेको छ। ह्यारी केनले ह्याट्रिक गोल गरेको खेलमा टोटनहमले मुरालाई ५-१ गोलअन्तरले पन्छायो।

इंग्लिस क्लब टोटेनहमको जितमा केनको ह्याट्रिकसँगै डेली अली र जियोभानी लो सेल्सोले एक एक गोल गरे। मुराका जिगा कोउसले एक गोल फर्काए।

घरेलु मैदानमा टोटनहमले खेलको चौंथो मिनेटमै अग्रता बनाएको थियो। उसका लागि अलीले पेनालटीमार्फत गोल गरेका थिए। आठौँ मिनेटमा सोल्सोले अर्को गोल थपेपछि घरेलु टोलीले २-० को अग्रता बनायो।

केनले गोल गर्न शुरु गर्नुअघि मुराका लागि जिगाले गोल गरे। उनले ५२ औँ मिनेटमा टिमको लागि एकमात्र गोल गरे।

त्यसपछि, केनले २० मिनेटको बीचमा तीन गोल गरे। उनले लगातार ६८ औँ, ७७ औँ र ८८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जितसँगै समूह जीमा रहेको टोटेनहमले २ खेलबाट ४ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved