आजको मौसम

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

नेपालभ्युज

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

काठमाडौं। अहिले भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ। हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

अजा देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेका महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार १७ असोज आइतबार देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved