फ्रान्सका पूर्व राष्ट्रपति निकोसल सार्कोजीलाई जेल सजाय

नेपाल भ्युज

फ्रान्सका पूर्व राष्ट्रपति निकोसल सार्कोजीलाई जेल सजाय

पेरिस। फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई जेल सजाय तोकिएको छ। सार्कोजीले सन् २०१२ मा भएको चुनावमा गैरकानूनी वित्तीय क्रियाकलाप गरेको भनी एक अदालतले दोषी ठहर गरेको हो। अलजजीराका अनुसार बिहीबार अदालतले एक वर्षे जेल सजाय सुनाए पनि ६६ वर्षीय सार्कोजी जेल भने जानुपर्ने छैन।

उनले यस मुद्दामा माथिल्लो अदालतमा पुनरावेदन गर्ने भएपछि जेल जानबाट जोगिएका हुन्। तर, न्यायाधीशहरूले उनले विद्युतीय ट्याग लगाएर घरमै सजाय काट्न सक्ने बताएका छन्।

सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए। उनीमाथि निर्वाचनमा अधिकतम खर्च गर्न तोकिएको सीमाभन्दा लगभग दोब्बर २२।५ मिलियन यूरो ९२६ मिलियन डलर० रकम खर्च गरेको आरोप लागेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved