बराबरीमा टुंगियो भैरहवा र ललितपुरको खेल

नेपालभ्युज

बराबरीमा टुंगियो भैरहवा र ललितपुरको खेल

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपिएल) को चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र ललितपुरबीचको खेल बराबरीमा सकिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनायो।

भैरहवाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा खेल ड्र गरेको थियो। भैरहवालाई जितका लागि अन्तिम बलमा ७ रन आवश्यक परेकोमा  कप्तान शरदले आफूले खेलेको पहिलो बलमै छक्का प्रहार गरेका थिए । पहिलो बलमै छक्का हानेका कप्तान शरद बाँकी ६ रनमा अविजित रहे।

दुवैको अंक बराबर भएपछि सुपर ओभर हुन नसक्दा दुवै समूहले १-१ अंक बाँडेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved