एक हजार ७८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

नेपालभ्युज

एक हजार ७८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर हजार ७८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।  यस्तै सोही अवधिमा ९११ जना निको हुँदा १२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षण गरिएको थियो। ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको छ।  संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन्।
२४ घण्टामा ११ हजार ७६५ जनामा कोरोना परीक्षण भएको थियो। हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ। ५ लाख ७७ हजार बढीको एजेन्ट विधिबाट परीक्षण भएको छ।

हाल देशभर १८ हजार १६८ सक्रिय सङ्क्रमित रहेका छन्। संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved